लायन्स बुटवल मुक्तिनाथ द्वारा अश्रामलाई सहयोग

by समतल अनलाइन

बुटवल ।लायन्स क्लब अफ बुटवल मुक्तिनाथको आयोजनामा आज खाद्यान्न तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । बिभिन्न सामाजिक कार्यमा क्रियासिल लायन्स मुक्तिनाथले मणिग्राम स्थित रामचन्द्र मैनादेबी अनाथ आश्रममा पुगेर त्यहा रहेका अनाथ बालबालिका हरुका लागि खाद्यान्न, स्टेसनरी र सरसफाइका सामग्री सहयोग गरेको हो ।

११ जना अनाथ बालबालिका रहेको अआश्रमा क्लबले आश्रमको अनुरोध बमोजिम दैनिक रुपमा बालबालिकाहरुलाई आवस्यक खानेकुरा,साबुन,सर्फ,कपि,कलम लगायत सामग्री सस्थाकी संचालिका मैनादेबी भण्डारीलाई हस्तान्तरण गरिएको छ ।लायन्स क्लब अफ बुटवल मुक्तिनाथका सल्लाहकार ठाकुर पाण्डेको सौजन्यमा सो कार्यक्रम सम्पन्न भएको क्लबका अध्यक्ष सुरेशचन्द्र भट्टराईले जानकारी गराउनुभएको थियो ।
सोहि कार्यक्रममै क्लबका तृतीय उपाध्यक्ष कृष्णप्रसाद भुषालले आश्रमले गरेको कार्यवाट प्रभावित भएर नगद पाच हजार एकसय आश्रमको अक्षयकोषमा सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा क्लब का पुर्व अध्यक्ष तथा डिस्ट्रिक चिफ लक्ष्मण रेग्मी,जोन चेयरपर्सन गणेसप्रसाद भट्टराई,ठाकुर पाण्डे ,कृष्ण आचार्य लगायतले बोलेका थिए ।

 
 
  
 

You may also like