एकिकृत ग्रामिण विकास योजनाबारे छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

by समतल अनलाइन

 बुटवल  ।   रुपन्देहिको तिलोत्तमा  स्थित होटल पौवामा मर्चवारि गाउँपालिकाको एकिकृत ग्रामिण विकास योजनाबारे  छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।

सुनगाभा ईन्जिनियरिङ सोलुसन प्रा.ली. तथा मर्चवारि गाउँपालिका को साझेदारि कार्यक्रम अन्तरगत विभिन्न चरणको वडा स्तरिय छलफल, अध्ययन पश्चात् हिजो अन्तिम चरणको छलफल तथा सुझाव संकलन गरिएको हो । कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्रालय सरसफाइ तथा खानेपानि महासाखाका प्रमुख धुर्व धिताल,सिंचाइ जलउपभोत्ता महासंघका केद्रिय उपाध्यक्ष यज्ञ गैरे,गाउँपालिका अध्यक्ष केशव नन्द वनिया ,  वातावरण विद् झम बहादुर थापा, गाउपालिका उपाध्यक्ष सुनिता कलवार, प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण अर्याल, वडा अध्यक्ष हरु, कर्मचारिहरु, समाजसेवि हरु तथा मर्चवारि गा.पा संग सम्वन्धित विभिन्न व्यक्तिहरुको उपस्थित रहेको थियो ।

कर्यक्रममा सुनगाभा ईन्जिनियरिङ सोलुसन प्रा.लि. का कार्यकारि अध्यक्ष ई. मोहन के.सी ज्युले समग्र मर्चवारि गाउँपालिकाको घरधुरि सर्भेक्षण गरको विभिन्न डाटा हरुलाई प्रस्तुत गर्दै अागामि योजना हरुमा कसरि अगाडि बढ्ने, जस्लाई अाधार वर्ष,मध्यावधि तथा दिर्घकालिन गरि ३ तहमा विभाजन गरि विकास योजना को वारे विस्तृत योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै भौतिक  पुर्वाधार विकास मन्त्रालय सरसफाई तथा खानेपानि माहासंघ प्रमुख धुर्व धितालले सरसफाई तथा सुद्दपिउने पानी वारे प्रसटाउदै मन्त्रालय ले अगाडि सारेको वास कार्यक्रममा सहभागी जनाउन अनुरोध गर्नुभयो घरधुरि सर्वेक्षण लाई स्टममा अपलोड गरि मोवाईल एप वाटै सबै डाटा लिन /दिन तथा परिमार्जन गर्न सकिने गरि कार्यक्रम अगाडि सारेको वताउदै त्यो कार्यक्रमलाई पनि ग्रामीण विकास योजनामा समेट्न सुझाव दिनुभयो , त्यस्तै कार्यक्रमका अर्का विशिष्ट अतिथि यज्ञ गैरेले वोल्दै राष्ट्रिय सिंचाइ जलउपभोक्ता महासंघ मर्चवारि गा.पा.लाई सहयोग गर्न सधेै तत्तपर रहेको वताउँदै अावस्यक पहल कदमि लिन गाउपालिका समक्ष अाग्रह गरे ।

उक्त कार्यक्रमको अध्यक्षता मर्चवारि गा पा अध्यक्ष केशव नन्द वनिया ले गर्नुभयको थियो भने कार्यक्रमसंचालन सुनगाभा ईन्जिनियरिङ सोलुसन प्रा.ली. का एक निर्देशक चिरन अर्यालले गर्नुभयको थियो।कार्यक्रममा , गा.पा. उपाध्यक्ष सुनिता कलवार , सुनगाभा ईन्जिनियरिङ सोलुसन का कार्यकारि अध्यक्ष मोहन के.सी. , वातावरण विद् झम वहादुर थापा, गा. पा. प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण अर्याल, प्रसासन तथा योजना प्रमुख पसुपति गैरे, पत्रकार केसब भन्डारी, वडाअध्यक्ष हरु, मतिवर कुंवर, सुनिल कलवार, कार्यपालिका सदस्य पुनम मिस्र लगायतले बोलेका थिए ।

कार्यक्रममा , प्रमुख प्रसासकिय  अधिकृत, गाउपालिका अध्यक्ष , उपाध्यक्ष , विशिष्ट अतिथिहरु तथा वडाध्यक्ष हरु, विभिन्न विभागिय कर्मचारिहरु लाई मायाकोचिनो वितरण गरियको थियो ।कार्यक्रम होटल पौवा योगिकुटिमा सम्पन्न भएको थियो।

 
 
  
 

You may also like