बुटवल देउरालीको रक्तदानमा ८१ युनिट रगत संकलन

by समतल अनलाइन

बुटवल । लायन्स क्लब अफ बुटवल देउरालीले चौथौ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । क्लबले शनिबार नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।

क्लबका अध्यक्ष रमेश प्रसाद पाण्डेले सचेतना र रक्तदान कार्यक्रम गरेको बताए । कार्यक्रमको लायन्सका पिजिडि एमजेएफ महेन्द्र नारायण श्रेष्ठले रक्तदाताहरु शेषकान्त बेल्वासे र रमशे पाण्डेलाई ब्लड बैग हस्तान्तरण गर्दै उद्घाटन गरे । क्लबका कोषाध्यक्ष रमेश कोइराला र डाईरेक्टर अर्जुन पाण्डेले कार्यक्रम सौजन्य गरेका थिए । कार्यक्रममा एरिया चिफ सन्दिप कशौधन, जोन चेयरपर्सन गणेश प्रसाद भट्टराई, संस्थापक अध्यक्ष टिकाराम बन्जाडे, क्लबका सचिव विष्णु प्रसाद अधिकारीले कोरोना भाईरस बिरुद्ध सचेतना र स्वस्थ्यलाई जोड दिएर कार्यक्रम गरिएको बताए । कार्यक्रमका संयोजक रामप्रसाद गैरे कार्यक्रममा ८१ युनिट रगत संकलन भएको बताए ।

यसअघि भदौ २७ गते वार्षिक कार्यक्रम अन्तरगत डिष्टिक लेभल मधुमेह सम्बन्धि सचेतना कार्यक्रम गरिएको थियो । कोरोना संक्रमणलाई मध्येनजर गर्दै भर्चअल कार्यक्रममा वरिष्ठ ईन्डोक्रोनोलोजिष्ट डा अमित शाक्यले सहजिकरण गरेका थिए । कार्यक्रममा लायन्स ईन्टरनेश्नल ३२५ बि २ का गर्भनर एमजेएफ शम्भु नकर्मीले उद्घाटन गर्दै समयसापेक्ष स्वस्थ्य सुरक्षाको विषय उठान भएको भन्दै थप कार्यक्रमहरु जोड्न सुझाव दिए ।

 
 
  
 

You may also like