पाल्पाका बिभन्न क्षेत्रमा रक्तदानएक जीवनदान सेवालाई सक्रिय पार्नेछौ:जिल्ला संयोजक भण्डारी

by समतल अनलाइन

हरि पाठक

पाल्पा ।ब्लड डोनर्स सामुदायिक संस्था(BDC)मा पाल्पा जिल्ला शाखाको संयोजकमा माधव भण्डारी चयन भएका छन् । झापामा भएको निर्णयबाट पाल्पामा भण्डारीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो ।हरेक रगत दाता एक जीवन रक्षक हो भन्ने मूलउद्धेश्य लिएर स्थापना गरेको संस्थाले पाल्पा जिल्लबाट समितिको ४ जना पदेन सदस्यहरु गरि ११ जनाको जिल्ला कार्य समिति रहनेछन् । जसको जिल्ला सह-संयोजक बिनम्र अधिकारी , सचिब अशोक पोखरेल , सह-सचिव मनिषा शर्मा , कोषाध्यक्ष सौरभ उचई , सह-कोषाध्यक्ष समीर भण्डारी ,जिल्ला सल्लाहकारमा सिर्जना पाण्डे र सदस्यहरूमा कालिसा बस्याल,सुजन रावल,निरज पाण्डे श्रीधर जंग कुवर लगायत उक्त संस्थामा आबद्ध रहेका छन् ।

बिगत ७ महिनाअघिदेखि झापा,इलामदेखि सामाजिक सेवामूलक रक्दान कार्य अगाडि बढ्दै आएको यस सामाजिक संस्था बि।डि।सीले अस्थायी केन्द्र काठमाडौं सहित देशका २३ जिल्लाहरूबाट आफ्नो सेवा सञ्चालन गरेको छ भने ४ जिल्लमा पुर्णरूपमा आफ्नो रक्दान सेवा सुरू गर्दै आइरहेको छ ।बुधबार पाल्पा जिल्लाबाट आफ्नो सेवा बिसतार गरेको छ ।

कोरोनाको महामारी कायमै रहेकोले बुधबार पाल्पामा सामाजिक सञ्जालमार्फत सेवा अनौपचारिक रूपमा शुभारम्भ गरिएको हो ।एक रगतको थोपाको अभाबमा पनि कसैले ज्यान गुमाउन नपरोस भनी रक्तदान सेवामा सक्रिय रहदै आएको छ ।यस कार्यबाट रगत आवश्यक पर्ने विरामीको लागि केहि मात्रामा भएपनि रगत व्यवस्थापन गर्न सहज हुने विश्वासका साथ पाल्पा जिल्लाबाट संयोजकको रूपमा जिम्मेवारी दिएकोले संस्थाप्रति र रगतको अभाबमा छटपटिरहनुभएका बिरामीलाई राहत पुग्ने र पुर्‍याउने तबरले कार्य गर्दै जाने जिल्ला संयोजक माधव भण्डारी बताउनुभयो साथै एक सामाजिक सेवाको जिम्मेवारी सुम्पने संस्थाप्रति धन्यवाद समेत दिनुभएको थियो ।

उहाले रक्त सकंलन र दान आबश्सयकता अनुसार सहयोग कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउदै जिल्लाभरका विभिन्न स्थानमा कार्यक्रम गर्दै जाने पनि संयोजक भण्डारीले जानकारी दिनुभयो ।

साथै रक्तदान गर्न योग्य चाहना राख्ने महानुभावहरूलाई यो लकडाउनको समयमा पनि सुरक्षित तबरबाट रक्तदान एक जीवनदान भावनासहित रगत अभाब हुन सक्ने भन्दै रक्तदानको लागि अनुरोध समेत गर्नुभएको छ ।भण्डारी पाल्पाको रैनादेबीछहरा-२ तान्सिङ्गलमा जन्म र कर्म क्षेत्र बनाउदै पहिलो पाइला लगायत सामाजिक क्षेत्रमा बिगतदेखि नै क्रियाशिल रहदै आउनुभएको छ ।

विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस-कोभिड १९ का कारण देशभर लकडाउनको अवस्थामा रहेको कारण खुल्लारूपमा रक्तदान कार्यक्रम संचालन गर्न नमिल्ने भएको कारण उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीलाई भैरहेको कठिनाइलाई ध्यानमा राखी ब्लड डोनर्स सामुदायिक संस्था(BDC)ले आकस्मिक रूपमा भए पनि रक्तदाता रहेको स्थानमा गई रक्त संकलन कार्य सुरु गर्ने पनि जनाएको छ ।

 
 
  
 

You may also like