लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथद्धारा कोरोना संक्रमितलाई सहयोग

by समतल अनलाइन

बुटवल।बुटवलमा स्थापित क्लबमै उदारणीय  लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथले कोरोना भाईरस कोभिड १९ संक्रमितहरुको रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधी र स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको छ ।
बुटवल –११ देविनगर स्थित एन्फा एकेडेमीको आईसोलेशनमा रहेको संक्रमितहरुलाई ति सामाग्री उपलव्ध गराईएको क्लवका सचिव लेखनाथ वस्यालले जानकारी दिए । सोमवार क्लवका अध्यक्ष यदुमणी पोख्रेलले वडाअध्यक्ष रामचन्द्र क्षेत्रीलाई उक्त सामाग्री हस्तान्तरण गरे । वडा अध्यक्ष क्षेत्रीले आत्मवल वलियो वनाउदै आयुवेदिक औषधीवाटै कोरोना भाईरसलाई पराजित गर्न सकिने बताउदै क्वलहरुको सहयोग र सहकार्यको लागि धन्यवाद दिए ।
लुम्विनी आयुर्वेदिक अस्पतालका योग गुरु विष्णुहरी आचार्यले आयुर्वेदीक औषधीको महत्व वुझेका कारण लायन्स क्ववले आयुर्वेदिक औषधी उपलव्ध गराएको भन्दै धन्यवाद दिए ।
गुडुची, जिवनजल, माक्स, ग्लोब्स लगायततका सामाग्री हस्तान्तरण गरेको क्लवका संस्थापक अध्यक्ष कमल थापा क्षेत्रीले जानकारी दिए ।उक्त कार्यक्रममा क्लब का पुर्ब अध्यक्ष कृष्ण प्रसाद नेपाल , उपाध्यक्ष थानेश्वर अर्याल , क्लबका सदस्य तथा प्रेस सल्लाकार रुद्रहरी कुवर को उपस्थिती रहेको थियो ।

 
 
  
 

You may also like