रोट्रयाक्ट क्लव अफ सेन्ट्रल बुटवलको पदस्थापन,अध्यक्षमा पोखरेल

by समतल अनलाइन

बुटवल।रोट्रयाक्ट क्लव अफ सेन्ट्रल बुटवलले पाचौ पदहस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रम जुम बैठकबाट सम्पन्न सम्पन्न भएको छ । बैठकबाट वर्ष २०१९÷२० का अध्यक्ष धनन्जय वर्नवालले वर्षभरि गरिएका कामको समिक्षा गर्दै २०२०÷२१ का अध्यक्ष बालकृष्ण पोखरेलाइ पद हस्तान्तरण गर्नु भएको छ ।

जुम बैठक बाट पद हस्तान्तरण गर्दै धनन्जय वर्नवाल एकबर्ष भित्र गरिने सम्पूर्ण कार्ययोजना पुरा गरेको बताउनु भयो ।
पदभार ग्रहण गर्दै वर्ष २०२०÷२१ का वालकृष्ण पोखरेलले पनि रोट्¥याक्टको मुलमन्त्रमा रहि क्लबले अगाडी सारेका कार्यहरुलाइ निरन्तरता दिदै जाने बताउनु भयो । कोभिड १९ को कारणले केहि असजता भएतापनि यो वर्ष केहि थप र पृथक खालका कार्यक्रमहरु गर्ने पोखरेलले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रका डि जि राजिब पोखरेलले यो क्लब अरु रोट्रयाक्ट क्लब भन्दा फरक खालको क्लब भएको हुनाले यसलाइ गोलेवल क्लको रुपमा हेरेको बताउनु भयो । अरु क्लबहरु भन्दा केहि फरक खालको क्लब भएको हुनाले नयाँ खालको पोजेटहरु सन्चालन गर्नु पर्ने बताउनुभयो । क्लबले बिगत देखि नै सामाजिक क्षेत्रमा खेलेको भुमिका निकै राम्रो भएको बताउनु । आगामी दिनमा सामाजिक कामहरुलाइ निरन्तरता दिदै जानु पर्ने बताउनु भयो यसको आबश्यक परेको सहयोग गर्न डिष्ट्रीक तयार रहेको बताउनु भयो ।
बैठकमा रोट्राक्ट डिष्ट्रीका डि आर आर सन्जिव पौडेल रोटरी डिष्ट्रीका ए जि राजिब कुमार गुप्ता रोटरी क्लब बुटबल सेन्टरका संस्थापक अध्यक्ष एजाज आलम , बरिस्ठ प्रहरी उपरिक्षक डब्बर बहादुर बिश्वकर्मा , रोट्रयाक्ट क्लब अफ सेन्टर बुटबल संस्थापक अध्यक्ष सुमन बस्याल लगायतले मन्तव्य राखेका थिए ।
बैठक सचिव ज्ञानु बस्याल को सन्चालन तथा अध्यक्ष बालकृष्ठ पोखरेलको अध्यक्षयतामा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like