गुल्मीमा कोरोना रोकथामका लागि सीमा नाकामा कडाई

by समतल अनलाइन

गुल्मी । गुल्मीमा कोरोना रोकथामका लागि सीमा नाकामा कडाई गरिएको छ ।कोरोना भाइरसको जोखिमलाई कम गर्नका लागि जिल्लामा भित्रिने सीमा नाकाहरु , रिडी , हर्मिचौर , पुर्तिघाट , वामी , नेटा , सौतामारे लगायतका स्थानहरुमा कडाई गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
त्यी नाका भएर जिल्ला भित्रिनेहरुले अनिवार्य रुपमा पीसिआर गरेको रिपोर्ट हुनुपर्ने नभए अनिवार्य रुपमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने ब्यबस्था गरिएको छ । जिल्लामा लुकीछिपी आउने र क्वारेन्टाइनबाट भाग्नेलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै दुग्ध ब्यबसाय बिहान नौ बजेदेखी ११ बजेसम्म , साँझ ४ बजेदेखि ६ बजेसम्म संचालन रहनेछन् । तरकारी र फलफूल पसलहरु बिहान ७ देखि ९ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म संचालनमा आउने भएका छन् भने अन्य पसल उद्योगहरु बिहान १० देखि साँझ ५ बजेसम्म संचालनमा रहने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
यदि कसैले जिल्ला प्रशासनको निर्णय अबज्ञ गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धब पन्थीले जानकारी दिए ।

 
 
  
 

You may also like