योगेशले अनाथ आश्रम र बृक्षारोपण गरि मनाए जन्मदिन

by समतल अनलाइन
Shares

तिलोत्तमा । योगेश पराजुलीको जन्मदिनको अवसरमा लियो क्लव अफ मिट टाउन कोटिहवाको आयोजनामा ती.न.पा १५ मधवलिया माविमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथी यरिया चिफ गोबिन्द बन्जाडेले  विशिष्ट अतिथी लायन साथै समाजसेवी ब्याक्तित्व मधवलिया माबीका अध्यक्ष प्रेम न्यौपाने अतिथि मा पुर्ब अध्यक्ष पुष्कर भण्डारीको र क्लवका अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता क्लवका  अध्यक्ष लियो योगेश पराजुलीले गरेका थिए भने कार्यक्रम संचालन  सचिब पुजन बस्यालले गरेका थिए ।  मधवलिया माविमा ५० वटा विरुवाको  बृक्षारोपण गरिएको थियो भने तिनपा १५ मा रहेको अबिनास अनाथ आश्रम मा रहेका बालबालिका लाई जन्मदिनको अवसर परेर मिठाइ साथै उज्ज्वल भबिस्यको कामना गर्दै शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।विभिन्न फजुल खर्च गरेर जन्मदिन मनाउने हरु भन्दा केही भरक गर्नु पर्छ्भन्ने उदेश्यले जन्मदिन मनाएको पराजुलीले बताए ।

You may also like

This will close in 0 seconds