पत्रकार अधिकारी कोभिड १९ हिरो अवार्डबाट सम्मानित

कपिलवस्तु ।लुम्बिनी दर्पण साप्ताहिकका कार्यकारी सम्पादक तथा पत्रकार थानेश्वर अधिकारी कोभिड १९ हिरो अवार्डबाट सम्मानित भएका छन् ।

अमेरीकामा रहेको हामी नेपाली ग्लोवल नामक अन्तराष्ट्रिय संस्थाले सो सम्मान गरेको हो । बिश्व महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरसबाट बच्न बिभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम संचालन, क्वारेन्टाइन व्यवस्थापनमा सहयोग, र मिडियाका माध्यमबाट समाचार सम्प्रेषण लगायतका काममा निरन्तर लागी सहयोग गरेको हुनाले सम्मान स्वरुप सो अवार्ड प्रदान गरेको छ ।

अधिकारी सानै उमेर देखी सामाजिक सेवा भावले ओतप्रोत भइ काम गर्दे आइरहेका छन् । कास्की जिल्लामा जन्मिइ कर्मथलो बाणगंगा नगरपालिका वार्ड नं ६ अमौली कपिलवस्तु बनाउदै आएका अहिले अधिकारी राष्ट्रिय युवा संस्था संजाल (आयोन) को उपाध्यक्ष, राष्ट्रिय संगीतकर्मी संघको केन्द्रिय सदस्य, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुको अध्यक्ष, सामुदायिक रेडियो मायादेवीका कार्यकारी निर्देशक, लुम्बिनी दर्पण साप्ताहिकका कार्यकारी सम्पादक, लक्ष्मणघाट सामाजिक विकास केन्द्रका सचिव, मानव अधिकारका लागी युवा मञ्च कपिलवस्तुका सचिव, मानव अधिकार एलाइन्स कपिलवस्तुका सचिव, नव छहारी सामाजिक विकास सस्थाका सचिव, सिद्धार्थ सामाजिक विकास केन्द्रका लेखा समिति सदस्य, सिद्धार्थ नाट्य समुहका अध्यक्ष,बोलबमधाम विकास समितिका प्रेस सल्लाहकार लगायतका करिव डेढ दर्जन संस्थामा कृयाशिल छन् ।

खानेपानी सरसफाई र स्वच्छताका क्षेत्रमा लामो समय देखी काम गर्दे आएका उनी सहयोगी, लगनशिल र कर्तव्यनिष्ट भइ काम गर्ने स्वभावका कारण हरेक क्षेत्रमा सफल हुदै आएका छन् । सो सम्मानबाट आफुलाई सामाजिक काममा लाग्न प्रेरणा मिलेको र आगामी दिनमा पनि निरन्तर रुपमा मानविय सहयोगका लागी समर्पित हुने अधिकारीको प्रतिवद्धता रहेको छ ।

 

 
 
  
 

You may also like