वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । पर्साको वीरगञ्जमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।नारायणी अस्पतालका डाक्टर निरज सिंहका अनुसार वीरगञ्जमा बस्दै आएका एक जना भारतीय नागरिक र वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का एक जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु भएका ५६ वर्षका भारतीय पुरुष मुटुसम्बन्धी समस्या लिएर असार ७ गते अस्पताल भर्ना भएको डा.सिंहले जानकारी दिए । बिहीबार दिउँसो उनको शरीरमा अक्सिजनको मात्रा कम भएपछि भेन्टिलेटरमा राखिएको थियो । दिउँसो भेन्टिलेटरमा राखिएका उनको गएराति ११ बजे मृत्यु भएको डा सिंहले खबरहबलाई बताए ।

अर्का मृत्यु भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का ३५ वर्षीय पुरुष निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएको उनले जानकारी दिए । साउन १३ गते गण्डक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनको बिहीबार राति ७:४० बजे मृत्यु भएको डा.सिंहले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like