डडेल्धुरामा जङ्गली च्याउ खादा एक बालकको मृत्यु , ४ जना घाईते

डडेल्धुरा ।डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ । अन्य चार बिरामी भएका छन् ।नवदुर्गा गाउँपालिकामा–३ मा जङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो ।उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । च्याउ खाँदा विरामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । – रासस ।

 
 
  
 

You may also like