लुम्बिनी नन् एकेडेमिक इन्स्टिच्युट एसोसियसन नेपालद्धारा यात्रुलाइ मास्क सेनिटाइजर वितरण

विष्णु घिमिरे
बुटवल । लुम्बिनी ननएकेडमी इन्स्टिच्युट एसोसियसन नेपाल प्रदेश नं ५ ले बुटवल भैरहवामा चल्ने यातायातमा यात्रा गर्ने यात्रुहरुलाई मास्क तथा सेनिटाइजर वितरण गरेको छ ।
बुटवल, भैरहवा विभिन्न ठाउहरु भलवारी,मणिग्राम,योगिकुटि चौराहालगायतका ठाउँहरुमा ७ सयभन्दा बढि बटुवाहरुलाई मास्क तथा सेनिटाइजर निःशुल्क वितरण गरेको अध्यक्ष निलम अधिकारीले जानकारी दिनुभयो ।
सार्वजनिक यातायात चढ्दा र बाहिर हिँडडुल गर्दा मास्क अनिवार्य प्रयोग गरौ भन्ने सन्देश दिने मुख्य उद्देश्यका साथ उक्त कार्यक्रम राखिएको अधिकारीले बताउनुभयो ।

 
 
  
 

You may also like