शिवनगर सामुदायिक बनको २७ औ बार्षिक उत्सब तथा सस्थापक सम्मान कार्यक्रम सम्पन्न

बुटवल । शिवनगर सामुदायिक बनको २७ औ वार्षिक उत्सब तथा सस्थापक सदस्य सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार शिवनगर सामुदायिक वन तथा उपभोक्ता संस्थाको प्रागणमा सम्पन्न कार्यक्रमका प्रमुख अथिति बुटवल उपमहानगरपालिका मेयर शिवराज सुबेदीले वन हाम्रो पुर्खा भएको र यसको संरक्षण र संबद्र्धनका लागी समुदायका सबै एक भएर लाग्नु पर्ने बताउनुभएको छ । शिवनगर सामुदायिक बनको आफु पनि सदस्य रहेकोमा गर्भ गर्दे वनलाई हालको अवस्था सम्म ल्याउनमा सबैको योगदान रहेको उल्लेख गर्नु‘भयो । मेयर सुबेदीले बनबाट पर्यापर्यटनको बिकास गर्नु‘ पर्ने जसका लागी हरियाली पार्कहरुको स्थापना गरी मानिसहरुले हेर्न घुम्न आउने बातावरण बनाउनु सकिने बताउनु भएको छ । उहाँले कुनै पनि बिकासका लागी आम सहमती गरी एक जुट हुनु पर्ने मा जोड दिनु भएको थियो ।

त्यसै गरी कार्यक्रममा बिशिष्ठ अथिति तिलोत्तमा सब डिभिजन कार्यालयका बनअधिकृत गिरी प्रसाद गैरेले सरकारले बैज्ञानिक बनको अवधारणा अनुसार कार्यक्रम शुरु गरिसकेको बताउदै यसको सफल कार्यान्वयनका लहडको भरमा नभई ऐन कानुन अनुसार मास्टर प्लान बनाएर अघी बढ्नु पर्ने बताउनुभयो ।

त्यसै गरी संस्थाका अध्यक्ष नारायण बहादुर घिमिरेले संस्थाले वार्षिक उत्सब तथा सम्मान कार्यक्रम पहिलो पटक मनाउन लागीएको र यसलाई निरन्तरता दिईने बताउनुभएको छ । अध्यक्ष घिमिरेले कामको संक्षिप्त विवरण पेश गर्नु भएको थियो । उहाँले लकडाउनको समयमा बनपैदावारको चोरी निकासी हुन नदिन थप कडाई गरिएको बताउनु भएको छ । उहाँले ढलापडा काठहरु संकलन गरिएको र उक्तकाठहरुलाई स्विकृति लिएर विक्री गरिने बताउनु भएको छ । त्यसै गरी लकडाउनको समयमा बिपन्न परिवारका लागी र सब दहनका लागी निशुल्क दाउरा बितरण गरिएको बताउनुभएको छ । त्यसैगरी अध्यक्ष घिमिरेले बिपन्न परिवारको लागी ६ महिनामा १ लाख ७६ हजार आर्थिक सहयोग गरिएको बताउनु भएको छ । त्यसै गरी प्रधानमन्त्री रोजगारी कार्यक्रममा ६ जनालाई १०० दिनको रोजगारी दिईएको जसमा ५७५ प्रधानमन्त्री रोजगारी कोषबाट र १२५ बनबाट गरी दैनिक ७०० प्रतिब्यक्ति उपलब्ध गराईएको जानकारी गराउनु छ । त्यसै गरी बुटवलउपमहानगरपलिकार शिवनगर बनको संयुक्त ५० ,५० प्रतिसत लगानीमा २ वटा पोखरी निर्माण गरिएको र भुक्षय नियन्त्रणका लागी लगभग ८ लाखको लगानीमा ३ वटा चेक ड्यामको निर्मााण सम्पन्न भएको बताउनु भएको छ। अध्यक्ष घिमिरेले वनलाई पर्यापर्यटनको अवधारणामा अगाढी बढाउनकालागी १० बर्षे कार्यओजनाको अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।

त्यसै गरी कार्यक्रममा सम्पुर्ण टोलबासीहरुका तर्फबाट वार्ड नं. ७ टोल समितिका अध्यक्ष मानबहादुर पुन , पुर्व अध्यक्षहरुको तर्फबाट उमाकान्त बस्याल , जनप्रतिनिधिका तर्फबाट वार्ड नं. ७ का अध्यक्ष तथा सस्थाका सल्लाहकार कमल प्रताप थापा, सल्लाहकार लक्ष्मण आचार्य , संघ सस्थाका तर्फबाट युवराज गिरी र संस्थापक सल्लाहकार रामप्रसाद खनाल लगायतले शुभकामना मन्तब्य राख्नभएको थियो ।

कार्यक्रममा संस्थापक सदस्यहरुलाई सम्मान गरिएको कोषाध्यक्ष राजेन्द्र रिजाल(राजु) ले बताउनु भयो । संस्थाका अध्यक्ष नारायण बहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष ठानेश्वर बस्यालले स्वागत मन्तब्य तथा महिला उपाध्यक्ष गिता ज्ञवालीले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रम संस्थाकी सचिब श्याम कली आचार्यले संचालन गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाकी सहसचिब उमा थापा क्षेत्रीले बन संग सम्बन्धीत कविता बाचन गर्नु भएको थियो । कार्यक्रममा स्थानिय जनप्रतिनिधी , टोलसमितीका सदस्य र उपभोक्ता समितीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 
 
  
 

You may also like