पदम राज पोखरेलको अध्यक्षतामा बैंकर्स क्लव सैनामैना गठन

टिका खरेल
सैनामैना।सैनामैना सेवा प्रवाहमा सहज, सरल र गुणस्तरीयताका लागि सैनामैना नगरपालिकामा बैंकर्स क्लव सैनामैना गठन गरिएको छ ।शुक्रबार सैनामैनामा रहेका विभिन्न २१ वटा बैँकका शाखाहरुलाई समेटेर बैंकर्स क्लव सैनामैना गठन गरिएको हो ।ग्लोबल आइएमई बैँक मुर्गिया शाखाका प्रबन्धक पदम राज पोखरेलको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन गरिएको तिनाउ मिसन डेभलपमेण्ट बैंक मुर्गिया शाखाका प्रबन्धक कृष्ण प्रसाद घिमीरेले जानकारी दिनुभयो ।

शुक्रबार गठन गरिएको बैंकर्स क्लव सैनामैनाको उपाध्यक्षमा एनएमबि बैंक मुर्गिया शाखाका प्रबन्धक राम शर्मा, सचिवमा एनआइसि एसिया बैँक मुर्गिया शाखाका प्रबन्धक विश्व बन्धु उपाध्याय (अर्याल) र कोषाध्यक्षमा तिनाउ मिसन डेभलपमेण्ट बैँक मुर्गिया शाखाका प्रबन्धक कृष्ण प्रसाद घिमीरे रहनुभएको छ ।

त्यस्तै बैंकर्स क्लवको सदस्यहरुमा कृषि विकास बैंक लिमिटेड मुर्गिया शाखाका प्रबन्धक दुर्गाप्रसाद खनाल, एससिसि बैंकका प्रबन्धक खिमलाल पुरी र कामना सेवा विकास बैंकका प्रबन्धक लक्ष्मण मरासिनी चयन हुनुभएको हो ।

सैनामैनामा रहेका सम्पुर्ण बैंक बिच एक आपसमा पारस्पारिक सम्बन्ध कायम गर्नुका साथै सेवा प्रवाहमा गुणस्तरीयता, बैंकमा देखिने विविध समस्याहरुको समाधानका लागि बैंकर्स क्लवको गठन गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

बैंकर्स क्लवमा सरकारी एवम् गैरसरकारी बैंकहरु आवद्ध छन् ।

 
 
  
 

You may also like