२७ जनालाई राहत बाडेको पौँदी सेभ सोसाइटीले रूपन्देहीमा मुसिकोटका २० जनालाई खाना र पानी दियो

हरि पाठक
गुल्मी।गल्मीको मुसिकोट नगरपालिका वडा एकका २७ जनालाई राहत बाडेको सामाजिक संस्था पौदी सेभ सोसाइटी जापानले भारतबाट स्वदेश फर्किएका मुसिकोट एक बासीलाई तिलोत्तमा-५ को रूपन्देहीमा खाना र पानी दिएर सेवा गरेको छ।मुसिकोट १ मा जन्मिएर रोजगारको शिलशिलामा बिदेश तथा स्वदेशमा रहेर समाजको हितमा सक्रिय मनकारी सामाजिक ब्यक्तिहरूको समूहद्वारा गठन गरिएको पौदी सेभ सोसाइटी नामक संस्थाले सामाजिक क्षेत्रमा थुप्रै सहयोगको कार्य गर्दै सेवाको अभियान चलाउदै आईरहेको छ।पछिल्लो समय यो बिश्वभर संक्रमण र सन्त्रास सिर्जना गरिरहेको नेपालमा पनि संक्रमण बढीरहेको र यो अबस्थालाई सामान्य ल्याउन अर्थात कोरोना नियन्त्रण र उच्च सतर्कता अपनाउन लकडाउन जारी राखेको अबस्थामा प्रत्यक्ष प्रभाबमा परेका अति बिपन्न घरपरिबारलाई राहत बाडिसकेको छ भने गत बुुधबार भारतबाट फर्कने मुसिकोट वडा नं. १ का २० नागरिकहरूलाई भोक भोकै क्वारेन्टाइनमा जान नपरोस भनि राहतस्वरूप बुुधवार मात्रै २० जनालाई खाना र पानीको ब्यबस्था गरेको हो।

नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९)को संक्रमणको भयावह स्थितलाई नियन्त्रण तथा रोकथामका लागि भारत सरकारले पनि जारी गरेको बन्दाबन्दीको आदेशका कारण नेपालीहरूको जनजीवन प्रभावित भई रोजगार गुमेर समस्यामा पारिरहेको मुसिकोटबासीलाई पनि यो समस्याले पारेको प्रत्यक्ष प्रभाबले अहिले स्वदेश फर्कनेको लर्को लागिरहेको छ । नगरपालिकाले भारत(नेपाल सिमाबाट ती समस्याका परेका सिमामा अलपत्र परेका ८ सय भन्दा बढी मुसिकोटका नागरिकलाई सुरक्षित सम्बन्धित वडा तथा पालिकाका क्वारेन्टाइनमा स्वयं ब्यक्तिको खर्चमा पुर्‍याइसकेको छ भने अझै आउने क्रम चलिरहेको यो विषम परिस्थिमा बाटोमा हिड्दा पानी समेत नपाएको समयमा उक्त सेभ सोसाइटी समाजिक संस्थाले बुधबार मुसिकोट जाने ब्यक्तिहरूलाई रूपन्देहीको तिलोत्तमा ५ मणीग्राममा खाना र पानीको ब्यबस्था गरेको छ।उनिहरूलाई नगरपालिकासम्म पुग्नको लागि सहजताको पहलकदमी भूमिका पनि निर्बाह गर्दै आइरहेको यस संस्थाले आगामि दिनमा पनि गाउँ ठाउँ र समाजमा परेको समस्यामा मलम लगाउने सारथीको रूपमा स्थापित गराउदै जाने उक्त संस्था जापानका अध्यक्ष धनिश्वर अर्याले बताउनुभयो।

एक सामाजिक सद्भावको अभियानले भारतबाट नेपाल प्रवेश गर्ने कोही पनि मुसिकोट १ का नागरिक भोको पेट अर्थात् पानी नै नपाएर वडाका क्वारेन्टाइनमा जानु पर्ने छैन भनेर यो एक सानो सामाजिक कार्य गर्न पाउँदा खुशी लागेको जापानमा रहनुभएका संस्थाका मुलसमिति सदस्य तथा बिदेशी बिभागीय प्रमुख कृष्ण खत्री क्षेत्रीले बताउनुभयो।उहाले सो कार्यमा सहयोग गर्ने सम्पूर्ण संस्थामा आबद्ध पौदी सेभ सोसाइटीका अध्यक्ष सन्तोस गिरी,कोषाध्यक्ष सुर्य बहादुर खाती,जापानका कोषाध्यक्ष,चुरा बहादुर खाती, सोसाइटीका सचिव टोपनारायण पोख्रेल ,नारायण गौतम,भारतबाट ईश्वर सिंह बिक र रामप्रसाद श्रेष्ठ लगायत समाजसेवी ब्यक्तित्वहरूको विशेष पहलमा भारतबाट ती मुसिकोटका नागरिकहरूलाई उद्वारमा सहजीकरण र खाना पानीको लागि सहयोग गर्दै सेवामा जुटिरहने सिङ्गो टिमलाई धन्यवाद दिनुभयो।ती भारतमा अलपत्र मुसिकोट नागरिकलाई विभिन्न निकायहरूमा सहजीकरण गरि सुरक्षितरूपमा पुर्‍याउन उद्वारका कार्यमा नगरपालिकासँग पहल गर्दै आईरहेको छ र लकडानको प्रभावले रोजगार गुमेर समस्या परेको वा अन्य विभिन्न कारणले स्वदेश फर्कन चाहने ब्यक्तिहरूलाई उद्वार कार्यमा निरन्तर सहयोग गर्दै आउने र उनिहरूलाई सहज वातावरण सिर्जना गरिरहन सघाएको पौँदी सेभ सोसाइटी जापानले जनाएको छ।सोही संस्थाले लकडाउनमा प्रभाबित वडा नं. १ भित्रका २७ घरपरिबारलाई १ बोरा चामल,१ लिटर खाने तेल,१ किलो नुन,२ ओटा साबुन लगायतका अत्यावश्यक खाद्यान्न सामाग्री बितरण गरेको थियो।पौँदी सेभ सोसाइटीको आग्रहमा केही दिन अघि गुल्मी पौँदेली सम्पर्क समाज रूपन्देहीले पनि मुसिकोटका ७३ जना व्यक्तिलाई खाना र पानी बितरण गरि सहयोग गरेको थियो।

 
 
  
 

You may also like