वातावरण दिवसमा प्रदेश पाँचका उद्योग पर्यटन वन तथा बाताबरण मन्त्री लिला गिरिद्वारा वृक्षारोपण

बुटवल । विश्व वातावरण दिवसकाे अवसरमा प्रदेश पाँचका उद्योग पर्यटन वन तथा बाताबरण मन्त्री लिला गिरिले वृक्षारोपण गरेका छन ।

शुक्रबार मन्त्रालय परिसर भित्र आँप, लिचि, कटहर लगाएतका फलफुलका बिरुवा राेपिएको हो । वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री गिरिले प्रदेश सरकाले वन जंगल र खालि ठाउँकाे संरक्षण गर्दै वृक्षारोपण गरेर बातावरण लाई थप सुन्दर बनाउने बताए ।

बिरूवा रोपेर मात्रै नहुने भएकाले रोपिएका बिरूवाको संरक्षणमा समेत प्रदेश सरकाले विशेष ध्यान दिने उनले बताए । दिवसमा मात्रै नभएर सबैले आफ्नो घर वरपर वृक्षारोपण गरि वातावरणलाई थप सुन्दर बनाउन आग्रह गरेका छन् ।

मन्त्रालयका वातावरण अधिकृत निर्मल चौधरीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभा सदस्य दिनेश पन्थी, मन्त्रालयका सचीव डा. राधा वाग्ले लगाएत कर्मचारीको उपस्थिति रहेको थियोे ।

 
 
  
 

You may also like