लिम्पियाधुरासम्मको भूमि नेपालको हो, भारतले तथ्य स्वीकार्नुपर्छ : अभिनेता हमाल

काठमाडौं।अभिनेता राजेश हमालले लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको बताउँदै भारतले यस तथ्यलाई स्वीकार्नुपर्ने बताएका छन्।आफ्नो फेसबुक पेजमा एक भिडियो सन्देश सार्वजनिक गर्दै हमालले भारतले लिम्पियाधुरा र लिपुलेक आफ्नो भएको दाबी गरेका हुन् ।

हमाल भन्छन्,‘लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो। नेपालसँग यसको पुरा प्रमाण छ। हामी नेपाली बिनम्रताका साथ अनुरोध गर्छौ कि भारतले तथ्य स्वीकार्नुपर्छ। भारतले तथ्य र तथ्यांकलाई राम्रोसँग हेर्नुपर्छ।’

नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले नेपालको अनुमति बिनै सडक बनाएपछि सीमा विवादले उत्कर्ष रुप लिएको छ। नेपालीहरुले भारतको कडा विरोध गरिरहेको समयमा हमालको पछिल्लो भनाइ आएको हो।

नेपालले बुधबारम मात्र लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेटेर नक्सा सार्वजनिक गरिसकेको छ। भारतले भने नेपालको नयाँ नक्सा अमान्य भएको प्रतिक्रिया जनाएको छ। भारतले एकतर्फी कुटनीतिक छलफल बिनै नेपालले एकतर्फी नक्सा जारी गरेको आरोप लगाएको छ।सत्य र तथ्यलाई नमानेर भारतले निरन्तर सीमा विवाद झिकेको हमालको आरोप छ।

 
 
  
 

You may also like