रुपन्देही सहित ९ जनामा कोरोना संक्रमण , कोरोना संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । रुपन्देहीमा एक सहित थप ९ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । झापाका ८ जना कोरोना संक्रमित झापाका रहेका छन् भने एक जना रुपन्देहीका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।

यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ ।

 
 
  
 

You may also like