सामान्य बदली, मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

by समतल अनलाइन
152Shares

काठमाडौं । अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भु–भागमा सामान्य बदली र बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ ।देशको पहाडी भू–भागका केही स्थानहरूका साथै तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राती देशभर आंशिक बदली रहनेछ। पश्चिमी तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

Comments

You may also like

This will close in 0 seconds