साढे २५ लाख धरौटीमा छुटे लगतै व्यावसायी सुलभ अग्रवाल फेरि पक्राउ

by समतल अनलाइन
Shares

काठमाडौं। स्वास्थ्य सामग्रीमा कालोबजारीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल फेरि पक्राउ परेका छन् ।

अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भए लगतै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको छ । उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने उनले बताएका छन् ।
ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा गत चैत २५ गते पक्राउ परेका अग्रवालविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंले बिहीबार २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी बुझाएर रिहा हुने वित्तिकै उनी फेरि पक्राउ परेका हुन् ।

You may also like