राष्ट्रिय संगीतकर्मी संघले एघारौं दिन ३ टोलि भएर राहत बितरण हालसम्म २५० जनामा पुग्यो राहत

काठमाडौ ।राष्ट्रिय संगीतकर्मी संघले एघारौं दिन ३ टोलि भएर राहत बितरण हालसम्म २५० जनामा पुग्यो राहत । राष्ट्रिय संगीतकर्मी संघले आज एघारौं दिनमा पुग्दा कलाकर्मी अपाङ्ग नेत्रबिहिन र दयनीय अबस्था भएका सहित २५० जनामा राहत बितरण भएको छ

इकुको स्नेहा बाल गृहमा समेत राहत बितरण गरेको सस्थाले सबै बिधाका कलाकार लाई समेत राहत बितरण गरेको छ। यसै क्रममा आज केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की सचिबालय सदस्य राज कुमार हुमागाइ लगाएतको एक टोलि महासचिव तथा बिपद ब्यबस्थापन समितीका सम्योजक बिक्रम जङ शाह केन्द्रीय सदस्य सिर्जु अधिकारी सहितको आर्को टोलि र उपाध्यक्ष अमृत खाती अर्का उपाध्यक्ष उमा श्रेष्ठ सुमि श्रेष्ठ लगाएतको टोलि सहित तीन चरण मा भएर राहत बितरण भएको थियो।\

 

हरेक मानबिय कार्य र कलाकारलाई पिर मर्का पर्दा अग्र भागमा रहेर लागि पर्ने यो सस्थाले कोरोना भाइरसको कारण विश्व नै आक्रान्त भैरहेको आज अबस्था संगै बिगत १८ दिन देखि लक डाउनमा बिपतमा परेकालाइ राहत बितरण गरेर मलममा पट्टि लगाउने काम गरेको छ। आज सस्थाले बानेश्वर चाबहिल माकलबारी शिबचोक नक्साल कलन्की अनामनगर गङबु मनमैजु धर्मस्थली भक्तपुर लगाएतको भेगमा राहत बितरण गरेको छ। कुनै सस्था सग सहकार्य बेगर नै संघले आफनै केन्द्र आजिबन सदस्य सस्थाका पदाधिकारी मार्फत जुटाइएको सहयोग मार्फत यो राहत बितरण गरिएको छ।

केन्द्रले काठमाडौमा रहनुभएका सम्पर्कमा आएका सबैजसो जिल्लाका कलाकर्मीलाई यो राहत बितरण गरिएको छ भने जिल्ला जिल्लामा पनि सबन्धित जिल्ला र प्रदेशले अफ्ट्यारोमा परेका कलाकर्मी लाई राहत बितरण गर्ने कार्य जारी राखेका छ्न

 
 
  
 

You may also like