139
एजेन्सी। विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० बाट मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख १७ हजार ७३१ पुगेको छ भने ३ लाख ३० हजार २ सय ३ जना निको भएका छन् ।
अमेरिकामा एकै दिन १ हजार ९ सय ३५ जनाको ज्यान गएपछि हालसम्म मृत्यु हुनेको संख्या १४ हजार ७८३ पुगेको छ ।त्यसैगरि एकै दिन ३१ हजार ७०६ नयाँ संक्रमित फेला परेपछि संक्रमितको संख्या ४ लाख ३४ हजार ६९८ पुगेको छ ।
अहिलेसम्म अमेरिकामा करिब २२ हजार ८ सय २८ संक्रमित निको भइसकेका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ ।
previous post