कोरोना अस्पतालमा मृत्यु भएका युवकमा संक्रमण नभएको पुष्टि

चितवन । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरस (कोभिड १९) संक्रमण नभएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको मंगलबार साँझ प्राप्त परीक्षण रिपोर्टमा मृतक सन्तोष यादवमा कोरोना संक्रमण नभएको पाइएको भरतपुर अस्पतालका मेडिकल सुपरिडेन्टेड श्रीराम तिवारीले जानकारी दिएका छन् ।

वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार बिहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको थियो ।

लुपस भन्ने रोगबाट पीडित उनमा ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना विशेष अस्पताल लगिएको थियो । १० गते काठमाडौं पठाइएको स्वाबको रिपोर्ट मंगलबार आएको हो ।

 

 
 
  
 

You may also like