सीमा नाकामा अलपत्र नेपालीलाई आजसम्म आउन दिइने, अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने

काठमाडौं। लकडाउनका कारण सीमा नाकामा अलपत्र परेका नेपालीहरुलाई आजसम्ममा आउने दिइने भएको छ । तर, उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय भएको हो । भारतबाट आएका ठूलो संख्यामा नेपालीहरु गड्डाचौकी नाकामा रोकिएका छन् । त्यहाँ तनाव समेत भएको थियो ।

जब्बरजस्ती नाकाबाट नेपाल छिर्न खोजेपछि आज (मंगलबार) विहान सुरक्षाकर्मीसँग झडप समेत भएको थियो । उनीहरुले आफ्नै देशमा प्रवेश नपाएको भन्दै नाराबाजी समेत गरेका थिए ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तिम पटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘अन्तिम पटकका लागि आज आउन दिन निर्णय भएको छ । तर प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर १४ दिन होम क्वारेन्टाइन अनिवार्य भनेका छौं ।’

 
 
  
 

You may also like