गुल्मीको मुसिकोट १ ले अत्यावश्यकका बाहेक अन्य सेवा बन्द गर्ने

हरि पाठक
गुल्मी।गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ ले अत्यबश्यक कामका बाहेक वडाबाट प्रदान हुने अन्य सेवा बनणद हुने जनाएको छ।
सोमबार एक बिज्ञप्ती जारी गर्दै नोबल कोरोना भाईरस फैलन रबाट उच्च सतर्कता अपनाउदै कार्यलयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेबा बन्द गरिने जनाएको हो।
वडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फागुन २८ निर्णयको पत्र तथा मुसिकोट नगरकार्यपालिकाको यही चैत्र ७ गते भएको निर्णय बमोजिमको यही चैत्र ९ गते प्राप्त अादेश पत्र अनुसार घटना दर्ता,सिफारिस,प्रमाणित लगायतका सेबा अर्को ब्यबस्था नभएसम्मका लागि बन्द हुने वडा कार्यलयले जनाएको छ।

अत्याबश्यकका काम भने नरोकिने मुसिकोट नगरपालिका १ का वडाअध्यक्ष पूर्ण बहादुर हितान मगरले जानकारी दिनुभयो।साथै बिश्वभर फैलिएको कोभिड-19 अर्थात नोबल कोरोना भाइरसबाट सचेत रहन र हरेक समय साबुन पानीले हातधुन र समस्या परेको अबस्था तुरून्त जानकारी दिन र अति अाबश्यक बाहेक अन्य समयमा घरबाहिर ननिस्कन उहाले अाग्रह गर्नुभयो।

यसैबिच वडा भित्र लघुबित्तीय संस्थाको जम्गट भने रोकिएको छैन सरकाले २५ जना तथा अन्य भिडभाडजन्य कार्य नगर्न र‍ लगाएपनि ६०/७० जनाको समूह जम्मा हुने काम भने नरोकिएको पाइएको छ यस्मा पनि सचेत हुनसपर्ने र यो बिषयमा पनि बिकल्प खोजिनुपर्ने देखिएको छ ।
यस्तो छ वडाको बिज्ञप्ती

 
 
  
 

You may also like