बुटवलमा ‘ प्रथम प्रादेशिक महोत्सव ‘ हुदै

by समतल अनलाइन

बुटवल। नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश ५ महिला उद्यमी समितिको आयोजनामा बुटवलमा ‘ प्रथम प्रादेशिक लघु घरेलु तथा साना उद्योग , कृषि प्रविधि एवं प्रयटन महोत्सब हुने भएको छ। मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै तिब्र रुपमा तयारि गरिएको आयोजकले जनाएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश ५, महिला उद्यमी समितिका संयोजक शान्ती तिमिल्सीना शर्माका अनुसार मेलामा महिला उद्यमीहरुले उत्पादन गरका बस्तुहरुको विशेष प्रर्दशनी गरिने जानकारी दिईन ।

मेलामा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुबाट उत्पादिन बस्तु एवम सामग्रीहरुको प्रर्दशनी गरिने छ भने प्रदेश ५ का मौलिक सास्कृतीहरुको समेत प्रर्दशनी गरिने छ । बुटवल–१२ देवीनगरमा रहेको एन्फा एकेडमी नजिकै रहेको खाली स्थानमा मेला लाग्ने छ ।

मेलामा कृषि उत्पादन एवम् प्रविधिका प्रर्दशनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रर्दशनी, महिला उद्यमीहरुद्धारा उत्पादीत हस्तकलाका सामग्रीहरु र बस्तुको प्रर्दशनी, नविनतम बैकल्पीक उर्जाको प्रर्दशनी, बैक तथा वित्तीय संघ संस्था एबम सेवा प्रदायक संघ संस्थाहरुको प्रर्दशनी मेलामा राखिने छ ।

यस्तै मेलामा विभिन्न औद्योगीक व्यापारिक प्रतिष्ठानबाट उत्पादित बस्तु तथा सामग्रीहरुको समेत प्रर्दशनी गर्न लागिएको छ ।
मेला प्रवेशको लागि ६० रुपैयाँको टिकट र विद्यार्थीहरुको लागि ४० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । प्रदेश ५ का १२ वटा जिल्लाहरु मध्येबाट प्रत्येक जिल्लाबाट ५/५ वटा महिला उद्यमीहरुलाई मेलामा निशुल्क स्टल उपलब्ध गराईने छ ।

महिला उद्यमी समुहको आयोजानमा यस क्षेत्रमा पहिलो पटक यस्तो प्रकृतिको मेला तथा महोत्सव आयोजना गर्न लागिएको हो ।

Share this:

 
 
  
 

You may also like