कोरिया जाने नेपाली रोकिए, ४२ हजार नेपाली त्रासमा

by समतल अनलाइन

काठमाडौं। कोरियामा कोरोना भाइरसको संक्रमण दर तीब्र गतिमा फैलन थालेपछि नेपालबाट जाने श्रमिकलाई तत्कालका लागि प्रवेशमा रोक लगाइएको छ ।

कोरिया सरकारको अनुरोधमा रोजगार अनुमति प्रणाली(ईपीएस) अन्तर्गत कोरिया जान उडान तालिका प्राप्त गरेका २०० नेपालीलाई कोरिया प्रवेशमा रोक लगाइएको छ ।

बैदेशिक रोजगार विभाग ईपीएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले कोरिया सरकारको अनुरोधमा उडान तालिका तयार भएका नेपालीलाई रोकिएको बताए । यद्यपी, नेपाल सरकारले हवाई टिकट नभएका कारण रोकिएको जनाएको छ ।

हाल कोरियामा विद्यार्थी, व्यवसायी र अन्य पेशामा कार्यरत बाहेक ३५ हजारको हाराहारीमा ईपीएसमार्फत गएका श्रमिक मात्र रहेका छन् । कारोबार दैनिकबाट

 
 
  
 

You may also like