प्रदेश ५ स्तरीय ”टिन लिडर ” कार्यक्रम हुने

by समतल अनलाइन

बुटवल।इन्टेलेक्ट एजुकेशनल इन्स्टिच्युसन बुटवलको आयोजनामा प्रदेश स्तरीय टिन लिडर कार्यक्रम हुने भएको छ । प्रदेश न ५ का १६ देखि १९ वर्ष भित्रका युवालाई समाजसेवामा जोड्नका लागि कार्यक्रम गर्न लागिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

यही फागुन १२ गतेबाट तिलोत्तमा योगिकुटी स्थित सगुन रिसोर्टमा पहिलो अडिशन हुने इन्स्टिचयुसनका संचालक दिपक रोकाले बताए । बिहान ९ बजेदेखि सुरु हुने अडिसन सांझ ४ बजेसम्म चल्नेछ । टिन लिडरमा सहभागि हुनका लागि युवाहरु प्रदेश ५ मै अध्ययन गरेको हुनुपर्ने प्रावधान रहेको निर्देशक मदनप्रसाद पन्थीले बताए ।

पहिलो अडिशनबाट १० जना छनोट गरी रिसोर्टमै हुने ४ दिने तालिममा सहभागि गराई १७ गते फाइनल कार्यक्रम गरिने तालिम संयोजक राजु अर्यालले जनाए । उक्त कार्यक्र प्रतियोगितात्मक कार्यक्रम भएकाले प्रतिष्पर्धीले तालिममा सिकेका कुरालाई श्रब्यदृश्यको माध्यमबाट र अनुसन्धानको पाटोबाट प्रस्तुत गर्नुपर्ने छ । यसरी प्रतिष्पर्धा गरी प्रथम हुनेले नगद ५१ ह्जार रुपैयां सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्धितीयका लागि १५ हजार पुरस्कार रहेको छ भने तृतीयले १० हजार रुपैयां पाउने आयोजकले बताए ।

प्रतियोगिता गर्नका लागि तिलोत्तमा इन्स्टिच्युटले मुख्य प्रायोजन गरेको छ । प्रतिष्पर्धीलाई भने निशुल्क सहभागिता गराइने रोकाले बताए । यस कार्यक्रमको फाइनल प्रतिष्पर्धा बुद्ध सामुदायिक टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने पनि उनल ेजानकारी दिए । इन्स्टिच्युसनको कर्पोरेट कार्यालय काठ्माण्डौमा रहेको छ ।

 
 
  
 

You may also like