आज सेना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

by समतल अनलाइन

काठमाडौं। मुलुकको प्रमुख सुरक्षा अंगकाे रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा आज मुलुकभर सेना दिवस मनाउँदैछ ।

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ ।

फाइल फाेटाे
नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरुकाे साथै उच्च पदस्थ सरकारी कर्मचारीले सहभागी हुनेछन् ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्बभौमसत्ता रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा उदाहरणीय काम गर्दै आएको नेपाली सेनाले युद्धग्रस्त बिभिन्न देशहरुमा शान्ति स्थापनामा पनि निर्णायक भूमिका खेल्दै आएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ ।

सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप, बढाइँ, कवाज, आतिसबाजीलगायत विविध कार्यक्रम हुनेछन् । सेना दिवसको खुसियालीमा आज साँझ सैनिक मञ्चमा सर्वसाधारणको मनोरञ्जनका लागि सेनाले गीतसङ्गीत पनि प्रस्तुत गर्नेछ ।

 
 
  
 

You may also like