कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय भन्दा बढी , नयाँ संक्रमणदर भने घट्दो क्रममा

by समतल अनलाइन

काठमाडौं । चीनमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ६८ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कअनुसार सोमबार कोरोना संक्रमणबाट ९८ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १ हजार ८ सय ६८ पुगेको हो ।

तर राष्ट्रिय स्वास्थ्य आयोग संक्रमणबाट मर्नेको संख्या घट्न थालेको दाबी गरेको छ । यसलाई उपचार र अनुसन्धानमा संलग्न चिकित्सकहरुले सकारात्मक बताएका छन् ।

सन् २०१९ डिसेम्बर अन्तिम साता यता कोरोना भाइरसको कारण मर्नेको संख्या १ हजार ८ सय ७३ पुगेको छ । कोरोना भाइरसबाट मुख्य भूमि चीनमा मात्र १ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ अभने हङकङ, फिलिपिन्स, फ्रान्स, जापान र ताईवानमा एक–एक जनाको मृत्यु भएको छ ।

आइतबार कोरोना भाइरसको संक्रमणबाट चीनमा १ सय ६ जनाको मृत्यु भएको थियो भने शनिबार १ सय ४३ । गत शुक्रबार पनि चीनमा कोरोना भाइरसको संक्रमणबाट १ सय ४३ जनाको नै मृत्यु भएको थियो । हालसम्म कोरोना भाइरसको संक्रमण ७३ हजार ३ सय ३३ जनामा पाइएको छ । यीमध्ये १२ हजार ७ सय १२ जना उपचार पश्चात घर फर्केका छन् ।

नयाँ संक्रमण लगातार तेस्रो दिन घट्दो क्रममा देखिएको चीनले बताएको छ । चीनका स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार देशभर दुई हजार ९ जनामा कोभिड–१९ को नयाँ संक्रमण पुष्टि भएको छ । यस्तै थप १४२ जनाको मृत्यु भएको चिनियाँ अधिकारीले बताएका छन् । यसअघिका दुई दिन पनि नयाँ संक्रमणदर घट्दो क्रममा थियो ।

 
 
  
 

You may also like