गौतम परिवारले मानव सेवा आश्रममा प्रदान गरे १ लाख बढी सहयोग

by समतल अनलाइन

बुटवल ।मानव सेवा आश्रमले भवन बनाउने उद्देश्य सहित सञ्चालन गरेको श्रीमदभागवत ज्ञान बिज्ञान महायज्ञमा बुटवल निवासी गौतम परिवारले आर्थिक सहयोग गरेका छन् ।

सडकमा बेसहारा भई अलपत्र परेकाहरुलाई उद्दार गरी संरक्षण गर्दै आईरहेको मानबसेवा आश्रम द्वारा भवन निर्माण तथा अक्षयकोष स्थापनाको लागि रु एक लाख एघार हजार एक सय एघार सहयोग गरेका हुन् ।

बुटवल निवासी शिव कुमार गौतम [अर्जुन], माया गौतम, अनुपा गौतम न्यौपाने , अच्युत गौतम, अशोक गौतमको परिवारले सोमबार सहयोग प्रदान गरेका हुन् ।

 
 
  
 

You may also like