लुम्बिनीमा महिलाको शव फेला

by समतल अनलाइन

बुटवल।लुम्बिनीमा एक महिलाको शव भेटिएको छ । मायादेवी मन्दिरको दक्षिणतर्फ पुरानो इलाका प्रहरी कार्यालय भवन नजिकै अन्दाजी ५० वर्षीया महिलाको शव भेटिएको प्रहरीले जानकारी दिएको हो ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार शव सडेको अवस्थामा रहेको हुँदा सनाखत हुन सकेको छैन । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

 
 
  
 

You may also like