फागुन १ गतेबाट “प्रथम गैंडहवा ताल महोत्सव २०७६” हुदै,

by समतल अनलाइन

जगिलाल थापा
कञ्चन ।रुपन्देहीको गैडहवा गाँउपालिकामा आउदो फागुन १ गतेबाट “प्रथम गैंडहवा ताल महोत्सव २०७६” हुने भएको छ । विश्व सिमसार क्षेत्रमा सुचिकृत गंैडहवा तालको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले “ कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार, पर्यटन सहितको पूर्वाधार विकास” भन्ने मूल नाराका साथ आगामी फागुन १ गतेदेखि १० गते सम्म महोत्सव सञ्चालन हुने भएको हो ।

सरकारले भ्रमण वर्ष २०२० मनाईरहदा प्रदेश नं ५ मा पर्यटनको प्रचुर सम्भावना बोकेको गैंडहवा गाउँपालिका वडा नं ४ स्थित गैडहवा ताल प्रचारमा आउन नसकेकोले तालको प्रचारप्रसारका साथै पर्यटनको गन्तव्य बनाएर आन्तरिक तथा बाह्य पर्यटन भित्राउने लक्ष्य लिइएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । आज रुपन्देही र कपिलबस्तुका संचारकर्मीहरुका बिचमा पत्रकार सम्मेलन गरी गैडहवाताल महोत्सव हुने जानकारी गराउदै गैडहवा गाउपालिकाका अध्यक्ष तथा प्रथम गैडहवाताल महोत्सव २०७६ संचालन मुल समितिका संयोजक बच्चुलाल केवटले विश्व सिमसार क्षेत्रमा सुचिकृत गंैडहवा तालको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले “ कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार, पर्यटन सहितको पूर्वाधार विकास” भन्ने मूल नाराका साथ आगामी फागुन १ गतेदेखि १० गते सम्म सञ्चालन हुने “प्रथम गैंडहवा ताल महोत्सव २०७६” को आयोजना गर्न लागेको बताउनु भएको छ ।

प्रचार प्रसार उपसमितिका संयोजक तथा गैडहवा गाउपालिका वार्ड नं। ८ का वडा अध्यक्ष भुवन बहादुर रानाले संचारकर्मीहरुलाई महोत्सवको प्रचार संगसंगै रुपन्देहीको शानको रुपमा स्थापित गर्ने गरी गैडहवातालको हरेक संचार गृहहरुबाट समाचार,लेख,श्रब्य तथा दृष्य रिपोर्ट,फिचर र अनुसन्धनात्मक लेखहरु प्रकाशन प्रसारण गरी अस्ताउन लागेको सुर्यको किरण गैंडहवा तालमा ठोक्किएर फर्कने मनोरम दृश्यले रारा तालको झझल्को मेटाइदिने गैडहवा तालको ब्यापक प्रचार गरी सहयोग गर्न आग्रह गर्दै गैडहवामा पर्यटक बढे त्यसको श्रेय संचारकर्मीहरुलाई पनि जाने बताउनु भएको छ।
८४ विघा क्षेत्रफलमा रहेको तालको ५० विघा क्षेत्र जलाशययुक्त रहेको छ। २ सय प्रजातिका चराचुरुङ्गी पाइने तालमा घस्रने प्रजातिका मात्रै २० रहेका छन् । यस तालको उत्तरतर्फ एशियाकै दोस्रो ठूलो जटायु रेष्टूरेण्ट रहेको छ। लुम्बिनीमा अध्ययन र मनोरञ्जनका लागि आउने पर्यटकका लागि समेत सम्भावना बोकेको गन्तव्यको रुपमा यसलाई लिन सकिन्छ ।

१२ महिना नै आन्तरिक तथा वाह्य पर्यटकलाई तालमा डुङ्गामा शयर गराउन २ थान ठूला र २ थान साना डुङ्गा समेत खरिद गरिएको छ । पर्यटकीय आर्कषणको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको यो तालमा लुम्बिनी आउने पर्यटकलाई मात्रै पनि घुमाउने वातावरण तयार गरी उनीहरुको बसाई लम्याउदा पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास छ । १०० स्टल रहने महोत्सवमा विज्ञानप्रविधि समेत प्रर्दशन गरिने भएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन ।

भारतको चर्चित भारतीय कलाकार रितेश पाण्डेय, पवन सिंह, राजा भोजपुरिया लगायत राष्ट्रिय कलाकारले समेत सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजकले जनाएको छ। १ लाख दर्शक भित्राउने योजना भएको महोत्सवमा रु। १ करोड बराबरको कारोवार हुने लक्ष्य राखिएको छ ।
गैडहवा गाउपालिकाका अध्यक्ष तथा प्रथम गैडहवाताल महोत्सव २०७६ संचालन मुल समितिका संयोजक बच्चु केवटको प्रमुख आतिथ्यता,महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक तथा ८ नं। वडा अध्यक्ष भुवन रानाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा उपसमितिका उप संयोजक लुम्बिनी बिकास मञ्चका अध्यक्ष संदिप गुप्ताले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन प्रथम गैडहवाताल महोत्सव प्रचार प्रसार उपसमितीका सदस्य तथा प्रेस कोर्डिनेटर जगिलाल थापाले संचालन गर्नु भएको थियो ।पत्रकार सम्मेलन पछि गाउपालिका अध्यक्ष बच्चु केवटले डुंगाको उद्धघाटन गरी संचार कर्मीहरुलाई गैडहवा तालमा डुंगा मार्फत तालको भ्रमण गराइएको थियो ।

 
 
  
 

You may also like