यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

by समतल अनलाइन

काठमाडौँ । हाल नेपालमा उल्लेखीनीय मौसमी प्रणाली नरहेको र देशको पश्चिमि र पुर्वी पहाडी भू-भागमा आशिंक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २० गते (सोमबार)

दिउँसोः पुर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २१ गते (मंगलबार)

दिउँसोः देशभका पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ ।
रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य र पुर्वी पहाडि भु-भागमा आंशिक बदलि र बाँकि भु-भागमा सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

माघ २२ गते (बुधबार)

दिउँसोः देशभका पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ ।
रातीः देशभका पुर्वी पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ ।

 
 
  
 

You may also like