पूर्व अधिराजकुमारी प्रेरणाले २० दिनभित्र दाइजो बापत पाएको जग्गा खाली गर्नुपर्ने

by समतल अनलाइन
177Shares

काठमाडौं। नेपाल ट्रस्टको नाममा रहेको छाउनीस्थित १५ रोपनी जग्गा पूर्व अधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी देवी सिंहले २० दिनभित्र खाली गर्नुपर्ने भएको छ ।

सिंहले आफूले दाइजोबापत सो जग्गा पाएको दाबी गरे पनि सर्वोच्चले ११ पुस २०७३ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपकुमार कार्की र सपना मल्ल प्रधानको पूर्ण इजलासले घर जग्गा दाइजो नठहर्ने फैसला गरेको थियो ।

नेपाल ट्रस्टले सर्वोच्चको फैसला कार्यान्वयन गर्न भन्दै सिंहको नाममा पत्र काटेपछि पुनरावलोकनको माग गर्दै उनले निवेदन दिएकी थिइन् ।

सर्वोच्चबाट भएको फैसला पुनरावलोकनको माग गर्दै निवेदन दिएपछि नेपाल ट्रस्ट केही समय हच्किएको थियो । राजधानी दैनिकबाट

Comments

You may also like

This will close in 0 seconds