अपाङ्गता नीति निर्माणमा समाबेशीकरण गर्न माग

by समतल अनलाइन

बुटवल । अपाङ्गता भएकाहरु पहिचान गरि नीति निर्माणमा समाबेशीकरण गर्न माग गरेका छन् । शिक्षा स्वास्थ्य रोजगार दृष्टिबिहिन युवाहरुको अधिकार भन्ने नाराका साथ सम्पन्न भएको भेलामा बोल्ने बक्ताहरुले स्थानिय तहमा अपाङ्गता भएकाहरुको तथ्यांक संकलन गरि नीति निर्माणमा अपाङ्गता भएकाहरु सम्पूर्ण समुदायलाई समेटी समाबेशीकरण नीति बनाउन माग गरेका छन् । रुपन्देही जिल्लाका १६ वटा स्थानिय तहका स्वास्थ्य प्रमुख सहितको भेलामा बोल्नेहरुले अपाङ्गता भएकाहरुलाई अरुलाई सरह ब्यवहार गरि परिवार र समुदायले माया गर्नु पर्ने बताए । राज्यले अपाङ्गताका पक्षमा समाबेशी नीति निर्माण गरेमा आगामी पिंढीलाई सहयोग हुने बिश्वांस ब्यक्त गरे ।

अपाङ्गता अभिमुखिकरण विषयमा बोल्दै बौद्धिक अपाङ्गताका अभिभावक महासंघ प्रदेश नम्बर ५ का संयोजक सन्तोष पन्थीले अपाङ्गताहरुको सहि तथ्यांक स्थानिय तहले दिन नसकेको गुनासो गरे । १६ वटा स्थानिय तहमा कतिजना अपाङ्गता भएका छन् पहिले स्थानिय तहले तथ्यांक सार्व्जिनक गरि उनिहरुका हक अधिकारका पक्षमा काम गर्न आग्रह गरे ।

नेत्रहिन युवासंघ नेपाल यौन तथा प्रजनन स्वास्थ्य परियोजना संयोजक सरोजा श्रेष्ठले नेत्रहिनले काम गर्ने अवसर पाएका राम्रा काम गर्न सक्ने बताइन । उनले नेत्र हनि क्रिकेट खेल्न सक्छन् भन्ने उदाहरण समाजलाई थाहा भइसकेको बताउँदै अवसर पाएका कठिन काम समेत गर्न सक्ने बताइन् ।नेत्र हिन युवासंघ नेपाल यौन तथा प्रजनन स्वास्थ्य परियोजना पैरवि अधिकृत अनिता सिग्देलले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अध्ययन प्रतिवेदन साथै परियोजनाका उपलब्धीहरु जानकारी गराएकी थिइन ।

नेत्र हिन युवासंघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलले नीति निर्माण तहमा अपाङ्गता भएका ब्यक्तिहरुको समावेशीकरणमा ध्यान दिनु पर्ने बताए । उनले अपाङ्गता भएका ब्यक्तिहरुको संस्थाहरुले संरचना र सम्बन्धीत नीति तथा कार्यक्रमजन्य छलफल तथा परामर्शहरुमा समावेशीकरणका लागि संयुक्तरुपमा काम गर्नुपर्ने बताए ।

 
 
  
 

You may also like