दौडने होईन हिड्ने प्रतियोगीता

by समतल अनलाइन

बुटवल । मदनभण्डारी स्पोट्स एकेडमी तिलोत्तमा नगरपालिकाको आयोजनामा ५० बर्ष उमेर पुरा भएका व्याक्तिहरुको लागि हिड्ने प्रतियोगीता आयोजना गरेको छ ।
मदन भण्डारी स्पोट्स एकेडमी तिलोत्तमाका अध्यक्ष मिलन रानाका अनुसार प्रतियोगीता ५ किलोमिटरको हुने छ । यहि माघ १८ गते शनिवाबारको दिन तिलोत्तमा नरपालिका शंकर नगर देखि मणिग्राम चौक सम्म छिटो हिड्ने प्रतियोगीताको आयोजना गरिएको हो । अध्यक्ष रानाका अनुसार प्रतियोगीतामा उत्कृष्ठ १० स्थान हासिल गर्नेहरुलाई प्रमाण पत्र, मायाको चिनो र सहित विभिन्न स्वथ्यर्वद्धक बस्तु प्रदान गरिने छ ।

प्रतियोगीताका लागि निशुल्क समभागीता हुन सकिने मा उमेर हद ५० बर्ष पुरा भएको हुुनुपर्ने नियम आयोजकलले बनाएका छन् । जसले छिटो हिड्न सकेर निर्धारित दुरी पार गर्न सक्नुभयो उहाँ नै विजेता हो अध्यक्ष मिलन रानाले जानकारी भने । यहि माघ १८ गते शनिवारको दिन आयोजना गरिने प्रतियोगीताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव तथा मदन भण्डारी स्पोट्स एकेडमीका अध्यक्ष रमेश सिलवालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडमीका रुपन्देही अध्यक्ष कृष्ण देवकोटका अनुसार एकेडमीको १० औं स्थापनाको अवसरमा पारेर प्रतियोगीता आयोजना गरिएको हो । यो भन्दा पहिला तिलोत्तमा नगरकमिटिले फुटसल, भलिवल लगायतका प्रतियोगीता समापन गरिसकेको छ । अध्यक्ष देवकोटाले रुपन्देहीका १६ वटा स्थानिय तहरु मध्ये ८ वटा स्थानिय तहमा कमिटि गठन गरिसकेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडमी तिलोत्तमा नगर कमिटिका सचिव अर्जुन खरेलका अनुसार हिड्ने प्रतियोगीतमा करिव २ सय जनाको सहभागीता हुने अपेक्षा गरिएको छ । प्रतियोगीता समापन पश्चात मणीग्राममा शिद्धबाबा हस्पिटल प्रालि बुटवलको सहयोगमा निःशुल्क स्वाथ्य परिक्षण शिविर समेत राखेको उनले जानकारी दिए ।

 
 
  
 

You may also like