सार्वजनिक सवारी साधनमा डस्विन वितरण

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानरपालिका र उपभोक्ता हिन संरक्षण मञ्च प्रदेश ५ को अयोाजानमा सार्वजनिक सवारी साधनबाट फालिने फोहरले व्यवस्थापनका लागि डस्वीन वितरण गरेको छ ।

अभियानको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नागरिक स्तरबाट सुरु भएको अभियानले स्थानीय तहलाई थप जिम्मेवार र जवाफदेही बनाउने काम गरेको बताए ।

विभिन्न रुट र क्षेत्रमा आउजाउ गर्ने सार्वजनिक यातायातका साधन र तिनका मजदुर तथा यात्रुलाई बसभित्रबाट फोहर जथाभावी बाहिर नफाल्न आग्रह गर्दै बस भित्रै फोहर संकलन गर्न निशुल्क डष्टविनसमेत वितरण गरिएको समन्वयकर्ता उपभोक्ता हीत संरक्षण मञ्च प्रदेश ५ का कोषाध्यक्ष एवम् विश्लेषक ऋषि आजादले जानकारी दिए ।

बटवल ट्राफिकचोकमा आयोजित उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख सुवेदीसहित, वडा नं. ६ का अध्यक्ष जगदीशचन्द्र आचार्य, वडा १ का अध्यक्ष महेन्द्रप्रसाद लिगल, पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका अध्यक्ष दधिराम खरेल, उपभोक्ता हीत संरक्षण मञ्च प्रदेश नं. ५ की सदस्य सरास्वती ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष दीपक ज्ञवाली, नेपाल पत्रकार महासंघ प्रदेेश ५ का उपााध्यक्ष भरत केसि जिल्ला उपाध्यक्ष निरु गौतमलगायतले अभियानमा सहभागिता जनाएका थिए ।

 
 
  
 

You may also like