पूर्वराजा ज्ञानेन्द्र पश्चिम बंगालतिर, किन भेट्दै छन् उच्च नेतालाई ?

by समतल अनलाइन

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित आज भारतको पश्चिम बंगाल जाँदैछन् । गएको मंसिर २७ गते झापा पुगेका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिम बंगाल जान लागेका हुन् ।

निजी सचिव सागर तिमल्सिना, एक निजी सुरक्षागार्ड, केही निजी कर्मचारीसहित पश्चिम बंगाल भ्रमणमा जाने शाहलाई सुरक्षा निकाय र उनको कारगेटसहितको टोलीले आज बिहान ११ बजे काँकडभिट्टा छाड्नेछ ।

शाह दम्पत्तीले ती क्षेत्रमा रहेका धार्मिकस्थल दर्शन गर्नुका साथै नेपाली भाषी र पश्चिम बंगालका उच्च तहका नेतालाई पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ । नेपाल समाचारपत्र दैनिकबाट

 
 
  
 

You may also like