बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित

by समतल अनलाइन

बारा । तराईका सबै जिल्लामा बिहान र राती बाक्लो हुस्सु लाग्न थाले पछि जाडोबाट बच्नका लागि यहाँको ग्रामिण भेगमा आगो बालेर घुर ताप्न थालिएको छ ।

आकाश नखुलेका कारण जाडो सहन नसकिने भए पछि सर्वसाधारणले ठाउँ–ठाउँमा आगो बालेर तापिरहेका छन् । तराईको बिभिन्न जिल्लाको शहर बजारमा किनमेल र हिड्डुल गर्ने सर्वसाधारणको संख्या घटेको पाएको छ । चिसोले बालबालिका र बुढापाका घरबाट बाहिर निस्कन सकेका छैनन् ।

जाडो याम बढेसँगै केहि दिन यता घाम लागे पनि बाक्लो हुस्सुका कारण यस क्षेत्रको जिल्लाका जनजिवन कष्टकर बन्दै गएको छ । विगत दुई दिन विहानैं देखि मध्य तराईमा मानिसलाई हिडडुल गर्न समेत समस्या भएको छ । बाक्लो हुस्सुको कारण सवारी साधनहरुलाई आवत जावत गर्नमा समेत समस्या भएको हो ।

त्यसैगरी सम्भावित दुर्घटनाबाट बाँच्नको लागि ट्राफिक प्रहरी कार्यलय बाराले साना गाडी टाक्टर , अटोमा टल्कने गरि रातो स्टिकर टाँस्ने , गाडीको चालकलाई निम्न गतिमा र गाडीको बत्ती बालेर आवत जावत गर्नको लागि आग्रह गरेको र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले स्पीड मिटरको समेत प्रयोग गरिएको जिल्ला ट्राफिक कार्यलय बाराका प्रमुख प्रहरी निरिक्षक सुरेश थापाले बताए ।

हुस्सुसँगै मध्य तराईमा चिसो बढे पछि बालबालिका र बृद्धबृद्धाहरुको स्वास्थ्यमा बढी असर पार्ने गरेको छ । चिसोबाट बालबालिकामा निमोनिया र बृद्धाहरुमा दम खोकीको असर देखा परेको स्थानियले बताए ।

एक्कासी बाक्लो हुस्सु लागे पछि सवारी साधन चलाउन चालकहरुलाई समेत समस्या भएको देखिन्छ ।

 
 
  
 

You may also like