चौथो सैनामैना डान्स आईडलको मंगलबार फाईनल

by समतल अनलाइन

सैनामैना । सैनामैना महोत्सवमा संचालन भैरहेको चौथो सैनामैना डान्स आईडलको मंगलबार भब्य कार्यक्रमका विच ग्रेण्ड फाईनल कार्यक्रम हुने भएको छ ।जसको उपधिका लागि ४ जना प्रतिशप्रधिहरु प्रतिशप्रधामा रहेका छन् । कृषिता राई, प्रिया पौडेल, अस्मि सुनार र एन्जेल कुंवर विच प्रतिशप्रर्धा हुने आयोजकले बताएको छ ।डान्स आइडल विजेता प्रथमले रु. ५५ हजार, द्वितिय हूनेले ३५ हजार, तृतियले रु.२० हजार र सन्त्वनाले रु. १० हजार रकम प्राप्त गर्ने संघका अध्यक्ष राज बहादुर क्षेत्रीले बताउनु भयो ।

डान्स आईडल फाईनलका लागि सम्पुर्ण तयारी पुरा भएको आईडल संयोजक अर्जुन भण्डारीले बताउनु भयो ।चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव २०७६ सैनामैना ४ मुर्गिया स्थित रंगशलामा संचालन भैरहेको छ ।महोत्सवको अवधि माघ ७ र ८ गते दुई दिन थप गरिएको र समापन माघ ८ गते भब्य कार्यक्रमको आयोजना गरि गरिने संघका महासचिव दिपक अधिकारीले जानकारी दिनु भयो।

 
 
  
 

You may also like