रुरु महाेत्सव अविरल बर्षाले विथोलियो

by समतल अनलाइन

पाल्पा।पाल्पा , गुल्मी र स्याङ्जाको संगम पवित्र रुरु धाममा अायाेजना भई रहेकाे महाेत्सवलाई अविरल परेकाे बर्षाले विथाेलेकाे छ । बिहिवार राती रिडीखाेला बढेपछि मेलाकाे लागि बनाईएकाे अस्थायी पुल( फड्के) वगाएकाे छ । पाल्पा र गुल्मी तर्फकाअाधा दर्जन स्टलहरुमा खाेला पसे पछि उनीहरु राती नै विस्थापित भएका छन । समान बगाएकाे छ । स्टल साहुहरुले त्रासपुर्ण वातावरणमा रात विताएका छन । विहीवार साझ ७ वजे पछि रिडीखाेलाकाे अस्थायीपुल एक्कासी वगायाे ।

हामी अलपत्र भयाै, अायाेजकहरु सम्पर्कमा छैनन्, समान बगायाे, स्टलभित्र पानी पस्याे, वडाअध्यक्ष र प्रहरीलाई खवर गर्दा पनि गुहार, पाएनाै, सत्यवती ५ का व्यवसायी सुदीप ज्ञवालीले गुनासाे गरे । अर्का व्यवसायी, तानसेन वढीज्ञान टाेलबाट फेन्सी स्टल राख्न रिडी पुगेका समिमा फेन्सी पसलका रविल मीयाले भने, हामी दर्जनाै स्टलवालाहरुले राती नै अायाेजकलाई खवर गरेका थियाै, तर वास्ता गरेनन्, । अहिले वारी अाएर अागाे तापेर रात विताएका छाै । रुरु महाेत्सब मुल अायाेजक समिततिका अध्यक्ष सुवर्णलाल कक्षपतिले भने स्टलवालाहरुलाइ सक्दाे सहयाेग गरिरहेकाे दावि गरिरहेका छन् ।

 
 
  
 

You may also like