158
काठमाडौं। गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आज बिहान बेइजिङ प्रस्थान गरेका हुन् ।
भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
मन्त्री थापाको टोलीले चीनको साङ्घाई र ल्हासाको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ ।