चिसोमा यसरी गर्नुस् छालाको सुरक्षा

by समतल अनलाइन

चिसोले छालालाई बढी सताउने गर्छ। यस्तो अवस्थामा अधिकांश तनावमा हुन्छन्। तर, तनाव लिनुभन्दा छालाको सुरक्षा र मेकअपको उचित तरिका जान्नु नै उत्तम हुन्छ।

मौसमअनुसार मेकअप गर्ने तरिका पनि फरक हुन्छ । तर, छालाको अवस्था राम्रो भए मात्रै मेकअप गरेको अर्थ रहन्छ । चिसोमा ब्राइट मेकअप गर्नु उपयुक्त हुन्छ । यो कलरले न्यानो अनुभव गराउँछ।

आँखालाई क्याट र स्मोकी लुक्स दिँदा जाडोमा राम्रो हुन्छ । डबल आइलाइनर तान्न पनि सकिन्छ । जुनसुकै लुक्स दिए पनि मस्कारा लगाउन भने भुल्नुहुँदैन । ब्लु, पर्पल, ओरेन्जजस्ता ब्राइट कलरका आइलाइनरमा सुन्दर देखिन्छ ।

गर्मी महिनामा लगाउन चाहेर पनि नपाएको नेलपोलिस जाडोमा मजासँग प्रयोग गर्नुहोस् । डार्क रेड, पर्पल, नेभी ब्लुजस्ता कलर लगाएर नङलाई आकर्षक बनाउन सकिन्छ । तर, यस्ता पोलिस लगाउनुअघि नङलाई निश्चित सेप दिन भने जरुरी हुन्छ ।

बेस मेकअपको प्रयोग बढी गर्नुहुँदैन । यसले सुन्दर देखाउनुको साटो अन्य असर गर्न सक्छ । जतिसुकै चिसो भए पनि फाउन्डेसन तथा मोस्चराइजरको प्रयोग गर्न भने भुल्नुहुँदैन । तर, यस्ता प्रोडक्ट एसपिएफ बढी भएको रोज्नुपर्छ ।

पफ्र्युम गर्मीमा मात्र प्रयोग गर्ने हो भन्ने मान्यता धेरैमा पाइन्छ । तर, चिसो मौसममा पनि पफ्र्युमको महत्व त्यति नै हुन्छ ।

वैवाहिक समारोहमा आकर्षक तथा ब्राइट कलरहरू प्रयोग गर्नुपर्छ । यसले लामो समयसम्म पनि फ्रेस देखाउन मद्दत गर्छ ।

लेहेँगाको कलर रातो, हरियो या गोल्डेनजस्तो भए पनि गोल्ड आई मेकअप सबैलाई सुहाउँछ । त्यस्तै, जुनकुनै डिजाइनको हेभी साडीमा पनि गोल्ड आई मेकअप सुहाउँछ ।

दिउँसोको कार्यक्रममा सहभागी हुने हो भने मेकअप हल्का गरेकै राम्रो हुन्छ । नेचुरल देखिने कोसिस गर्नुपर्छ । एजेन्सी

 
 
  
 

You may also like