जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ

by समतल अनलाइन
406Shares

कञ्चनपुर । १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–४, पानीटंकी बस्ने २२ वर्षीय अनिल ऐरी छन्। उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

ऐरीले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

You may also like