छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

by समतल अनलाइन
34Shares

काठमाडौं। काभ्रेको पाँचखाल नगरपालिका-१२ खहरेगाउँस्थित सडकमा खहरेगाउँबाट काँसकोटेतर्फ आउँदै गरेको बा.६३ प ९०८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-११ बस्ने २८ वर्षीय कालु भन्ने रमेश तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

सर्लाहीको बलरा नगरपालिका-६ मिर्जापुरस्थित सडकमा गडहियाबाट मिर्जापुरतर्फ आउँदै गरेको ना. ४ त ८८३४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने अर्जुन साहकी छोरी ५ वर्षीया अंकिता कुमारी साहको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।रोल्पाको माडी गाउँपालिका-२ घर्तीगाउँ व्याङखोला नजिकै कालापहरस्थित सडकमा एमएच १४ टिसीजे ४७१ नम्बरको बोलेरो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक दाङ घोराही उपमहानगरपालिका-७ देसाही बस्ने २५ वर्षीय बिर बहादुर चौधरी समेत बोलेरोमा सवार हाल नाम, थर र वतन नखुलेका १ जना पुरूष र १ जना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

You may also like