कान्ति माध्यमिक विद्यालयको ६६ औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगर वडा नम्बर ४ स्थित कान्ति माध्यमिक विद्यालयको ६६ औं बार्षिक उत्सव कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्बर पाँचका सामाजिक बिकास मन्त्री सुर्दशन बरालले प्रदेश पाँचलाई बिज्ञान, गणित र प्राबिधिक शिक्षाको बिकास आवश्यक रहेको बताउनुभएको छ । मन्त्री बराललेप्रदेशलाई विज्ञान र गणितमा नमुना प्रदेश वनाउने योजना रहेको पनि बताउनुभयो।

त्यसको शुरुवातमा कान्ति माविलाई विज्ञान विषयमा नमुना बनाउन संघीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा योजना स्वीकृत भएको बताउनुभयो ।बिज्ञान, गणित र अन्य प्राबिधिक शिक्षाका लागि अग्रसरता देखाउने सामुदायिक विद्यालयलाई प्रदेश सरकारले भरपुर सहयोग गर्न तत्पर रहेको उल्लेख गर्दै मन्त्री बरालले भौतिक पुर्वाधार र दक्ष जनशक्ति ब्यबस्थापनका पक्षमा मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गनुृभयो मन्त्री बरालले प्रदेश सरकारले बिज्ञान बिषयको नमुना बिद्यालयका रुपमा कान्ति माबिलाई बिकास गर्ने उद्देश्यले संघिय सरकारसँगको सहकार्यमा झण्डै २० करोड रुपैयाँको समपुरक अनुदान प्रदान गर्ने कार्यक्रम रहेको जानकारी गराउाुभयो।

यसक्षेत्रको शैक्षिक बिकासमा महत्वपुर्ण योगदान पुराएको कान्ति माबिलाई प्रदेशकै उत्कृष्ठ नमुना बिद्यालय बनाईने र यसका लागि संघिय सरकार र प्रदेश सरकारले ५०÷५० प्रतिशत बजेट लगानी गर्ने सहमती भएको उहाले प्रष्ट पार्नुभयो।

प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक मनोज कुमार गैरेले उत्कृष्ट शैक्षिक वातावरणको अगुवाई बुटवलले गरिहेको र यसबाट अरुले अनुकरण गर्न आवश्यक रहेको भन्दै शैक्षिक बिकासको नेतृत्व प्रदेश पाँचले गर्ने संभावना रहेको बताउनुभयो ।
सो अवसरमा वडाध्यक्ष टंकप्रसाद पराजुली, बिद्यालयका अध्यक्ष हेमानन्द शर्मा, प्राचार्य गोबिन्द ज्ञवाली, सहप्राचार्य चुरामणी पौडेल,कालिका माबिका प्राचार्य घनश्याम पाठक लगाएतले सामुदायिक विद्यालयमा पढ्न चाहने सबै विद्यार्थीले भर्ना हुन पाउने वातावरण बनाउन सरोकारवाला सबै एकजुट भएर लाग्नु पार्ने कुरामा जोड दिएका थिए ।

बिद्यालयको बिज्ञान बिषयको शैक्षिक गुणस्तर बृद्धि गर्न आवश्यक भौतिक पुर्वाधार लगाएत क्षेत्रमा उक्त बजेट खर्च गरिने योजना सहितको कार्यक्रम स्वीकृत भएको जानकारी गराए । उक्त बजेटबाट दूई वटा शैक्षिक भवन र दुईवटा छात्रावास भवन गरि ४ वटा भवनमा ९९ वटा कोठा निर्माण गरिने पनि प्राचार्य ज्ञवालीले बताउनुभयो ।

 
 
  
 

You may also like