चुनाव खर्चको पारदर्शिता संकटमा, २२ प्रतिशत उम्मेदवारले मात्र खाता खोले

by समतल अनलाइन
39Shares

काठमाडौँ । फागुन २१ गते तोकिएको निर्वाचनमा खर्च व्यवस्थापनका लागि अलग्गै बैंक खाता खोल्न निर्वाचन आयोगले दिएको निर्देशन अनुसार हालसम्म ६ राजनीतिक दल र ७३३ उम्मेदवारले मात्र खाता विवरण बुझाएका छन् ।

निर्वाचन आयोगका अनुसार, कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा (संयुक्त) र नेपालका लागि नेपाली पार्टीले मात्र खाता विवरण पेश गरेका हुन् ।

प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् । जसमा ७३३ उम्मेदवारले मात्रै खाता विवरण बुझाए । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार, कुल उम्मेदवारहरूको २२ प्रतिशतले मात्रै चुनाव खर्चका लागि अलग्गै खाता खोलेका छन्।

निर्वाचन आयोगले पारदर्शिता र सुशासनको सुनिश्चितताका लागि यस प्रक्रिया अनिवार्य गरेको हो । अधिकांश दलका उम्मेदवारहरूले आफू खाता खोल्ने तयारीमा रहेको जनाएका छन्।

You may also like

This will close in 0 seconds