जेन–जी युवाको समर्थन काँग्रेस उम्मेदवार चुन्नप्रसाद शर्मालाई

by समतल अनलाइन
37Shares

बुटवल । रुपन्देही क्षेत्र नं. २ का जेन–जी समुहका युवा विद्यार्थीहरुले काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेललाई समर्थन गरेका छ । मंगलबार बुटवलमा भएको जेन–जी समुहका युवा विद्यार्थीहरुको भेलाले नीजि क्षेत्रबाट भएपनि यस क्षेत्रमा ठूलो संख्यामा रोजगारी सिर्जना गरेको र आफूहरुको समेत भावना समेट्न सक्ने भन्दै आफूहरुको समर्थन काँग्रेस उम्मेद्वार शर्मालाई रहेको बताएका हुन् ।

जेनजीको भेलामा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार शर्माले जेन–जीले उठान गरेका मुद्धा आफ्नो पनि मुद्धा भएको बताउँदै ती मुद्धालाई निर्णायक बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले विद्यार्थी र युवा नेतृत्वको महत्त्व र आगामी निर्वाचनमा सक्रिय भुमिका निभाउनुपर्ने कुरामा सहभागीहरूलाई आग्रह गरे ।
विद्यार्थी परिचालन संयोजक महेश पौडेलले अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूलाई पार्टीका नीति, विद्यार्थी संगठनसँगको समन्वय, र स्थानीय तहको विकाससँग सम्बन्धित कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल नेविसंघका केन्द्रिय सदस्य असोक गौतमले गरेका थिए भने निर्वाचन परिचालन समितिका सदस्य रोशन थापाले भने युवा र विद्यार्थीहरूलाई पार्टीको अभियानसँग प्रत्यक्ष जोड्ने र उनीहरूका विचार सुन्ने अवसर दिनु आफूहरुको प्राथमिकता भएको बताए । कार्यक्रममा डेढ सय बढी जेन–जी युवा विद्यार्थीको सहभागिता रहेको थियो ।

You may also like