तिलोत्तमा परियार समाजको प्रथम साधारणसभा तिलोत्तमा ७ केवलानिमा शुक्रबार सम्म्पन्न भएको छ । तिलोत्तमा परियार समाजका अध्यक्ष भिम बहादुर परियारको अध्यक्षता र तिलोत्तमा नगरपालिका वडा नम्बर ७का अध्यक्ष देवि प्रसाद पङेनिको प्रमुख आतिथ्यतामा भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पङेनिले सस्था जन्माउन सजिलो छ तर त्यसलाई अगाडि बढाउन र त्यसले लिएको लक्ष्य प्राप्त गर्ने उदेश्य प्रमुख भएको बताए । परियार समाजले भवन बनाउने उदेश्य राखेको र धेरै संघ सस्थाले पनि जग्गा माग गरेको तर तिलोत्तमा वडा नम्बर ७ मा जग्गा नभएको र सबै सघ सस्थालाइ जग्गा उपलब्ध गराउन सक्ने अबस्था नरहेको बताए।हिजो पुस्ताले गरेको गल्तिलाइ देखाएर अहिलेको पुस्तालाई गालि गर्न नपाइने बताए ।
परियार समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालिले ३५ सय बर्ष देखि भोग्दै आइरहेको थिचोमिचोका कारण मान्छे भएर पनि मान्छेको दर्जा नपाउनु दुखद कुरा भएको बताए । आउदो चुनावमा मासु र रक्सिमा भोट नहालि आफ्नो बिबेक प्रयोग गरि आफ्नो जाति र आफ्नो बर्गको उत्थान गर्न सक्ने सक्षम ब्यक्तिलाई भोट गर्न आग्रह गरे।
कार्यक्रममा बोल्दै समाजका विशिष्ट सल्लाहकार जङग बहादुर बुढाथोकीले २४ औं स्थापन भएता पनि नेपाल सरकारको मान्यता प्राप्त सस्था बन्दै गर्दा प्रथम साधारणसभा बन्न गएको बताए। तिलोत्तमा नगर पालिका भित्र परियार जातिको ३५ हजार जनसंख्या रहेले यो जातिलाई
कार्यक्रममा बोल्दै तिलोत्तमा परियार समाजका सल्लाहकार लब्सन परियारले २१औं सताब्दिमा पनि छुवाछुत थिचोमिचो सहेर बस्नु पर्ने यो ठुलो बिडमबना भएको बताए।
परियार समाजले तिहारमा नौमति पन्चेबाजा मार्फत भैलो खेलदै आर्थिक सन्कलन गरि नौमति बाजालाइ ब्यबस्थित गर्न सफल भएको सस्थाका उपाध्यक्ष कमल बराले जानकारि दिए। सस्थाका उपाध्यक्ष कमल बराको स्वागत र संचालन सचीव राजु परियारले गरेका थिए। कार्यक्रममा नौमति पन्चेबाजा प्रस्तुत गरिएको थियो।





